कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा बाघ आतंक




अत्तरिया, २७ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. ११ ओलानीमा बाघले आतंक मच्चाएको छ । बाघले गोठमा बाधेर राखेका जनावरहरुलाई समेत लैजाने गरेको स्थानियहरुले बताएका छन । गत फागुन महिनादेखीको बाघ आतंक हालसम्म पनि साम्य नभएको वडा अध्यक्ष शिव बहादुर बिकले बताए ।



हालसम्म बाघले करिब ४ वटा बाख्रा, ५/६ वटा कुकुर र ५ वटा जती गाईका बाच्छाहरु मारिसकेको उनले बताए । बाघले दैनिक जसो समयसमयमा स्थानियहरुका जनावर मारेर लैजाने गरेको उनले बताए ।


मंगलबार साँझ मात्रै बाघले घरमा बाधेर राखेको बाख्रालाई दाम्लो सहित मारेर लगेको अध्यक्ष बि.क को भनाई छ । बाघको आतंकले स्थानिय पनि त्रसित बनेका छन । घरमै बाधेका जनावरहरुलाई बाघले लैजादा कतै घरका मानिसहरुलाई पनि आहारा बनाउने त हैन भन्ने चिन्ता छाएको स्थानियहरुले बताएका छन ।



