गङ्गादशहरा मेलामा पार्किङका नाममा रकम असुली

धनगढी- धनगढीस्थीत बेहडाबाबा गङ्गादशहरा मेलामा पार्किङका नाममा रकम असुली गर्न थालिएको पाइएको छ । धनगढी उपमहानगरपालिका १६ रामपुरमा रहेको बेहडाबाबामा आज देखी सुरू भएको गङ्गादशहरा मेलामा सवारी पार्किङका नाममा रकम असुली हुन थालिएको पाइएको स्थानियले बताएका छन्।

Dadeldhura hospital

मेला र्हेन आन्तरिक तथा बाह्य क्षेत्रबाट आएका भक्तजनबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालिएको सर्वसाधारणले गुनासो गरेका छन्। मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० असुली गरिरहेका छन्।

Navadurga sun
Godawari sandesh

मन्दिर दर्शन गर्न जानेहरुबाट जथाभाबी रकम असुली हुन थालेको भन्दै चर्को आलोचना भएको छ। यता मन्दिर व्यवस्थान समितिले पार्किङ शुल्क घटाएर लिने बताएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले मोटरसाइकल र स्कुटरको ६० रुपैयाँ र कार जिपको १२५ रुपैयाँ लिन निर्देशन दिएको बताए। गङ्गादशहरा मेलामा सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गरेका छन् ।

Loading...