कैलालीको गोदावरी नगरपालिकामा पहिलो दिन ५४८ जनाले कोरोना बिरुद्धको खोप लगाए

अत्तरिया, २५ जेठ- गोदावरी नगरपालिकामा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि सुरु गरेको खोप कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकामा जेष्ठ नागरिक ६० देखि ६४ बर्ष उमेर समूह र पहिलो प्राथमिकतामा परेर खोप लगाउन छुटेकालाई मंगलबार देखि सुरु गरेको खोप कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको हो ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

यसअघि चैत्र महिनामा नगरपालिकामा ६५ बर्ष माथि उमेर समूहका नागरिकलाई खोप लगाउँदा निकै न्युन सहभागिता भएकोमा यसपटक भने खोप लगाउन तछाड मछाड गरेको देखिन्थो । गेटा स्वास्थ्य चौकीका इन्चार्ज भक्त विकले अपेक्षा गरेको भन्दा बढी संख्यामा मानिसहरु खोप लगाउन आएको बताए । उनले १ सय ५० खोप उपलब्ध भएको भएपनि मानिसहरु धेरै संख्यामा आउँदा खोप पुगाउन नसकिएको बताए । ‘खोप अभाव भएपछि थप खोप मालाखेती अस्पतालबाट ७५ डोज मगाएर लगाएका थियौ’ उनले भने ‘अहिले मानिसहरुमा खोप प्रतिको चेतना बढेको छ । खोप लगाउन धेरै मानिसहरुले चासो दिएका छन ।’ उनले स्वास्थ्य चौकी मार्फत १ सय ७८ जनाले खोप लगाएको बताए ।

Dadeldhura hospital

जसमा ६० बर्ष माथिका ५३ जना, स्वास्थ्यकर्मी ३० जना, शुरक्षाकर्मी ११ जना, सरसफाकर्मी १० जना, पत्रकार १३ जना, बैंक तथा बिक्तिय संस्थाका कर्मचारी ५७ जनाले खोप लगाएको स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीका इन्चार्ज विकले बुधबार पनि खोप लगाउने भनेको भएपनि खोप भने नआएको बताए । गोदावरीमा मंगलबार ३ वटा केन्द्र मार्फत खोप लगाईएको थियो । तिन वटै केन्द्रमा गरेर पहिलो दिन ५ सय ४८ जनाले कोरोना खोप लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले पुरुष ३ सय ५१ जना र महिला १ सय ९७ जनाले खोप लगाएको बताए ।
जसमा गेटा स्वास्थ्य केन्द्रबाट १ सय ७८ जना, मालाखेती अस्पतालबाट ३ सय ६२ जना र गोदावरी स्वास्थ्य केन्द्रबाट ८ जनाले कोरोना खोप लगाएका छन ।

यसअघि पहिलो चरणमा खोप लगाउँदा खोपबारे बिभिन्न भ्रम फैलिएकोले पनि खोप कार्यक्रममा मानिसहरु सहभागि हुन मानेका थिएनन् । तर, पहिलो चरणमा खोप लगाएकामा अहिले कोरोनाको जोखिम कम देखिएपछि खोप प्रति आकर्षण बढेको हो । खोप कार्यक्रममा सहभागि कैलालीको गोदावरी नगरपालिका – १ बिजौराका जेष्ठ नागरिक तपराज पन्तले खोप लगाएपछि सुरक्षित हुने विश्वासले खोप लगाएको बताए । उनले खोप लगाएपछि सुरक्षित भइन्छ भन्ने सुनेर आफू खोप लगाउन आएको बताए । उनले आफू संगै अब बालबालिका, युवाहरुलाई पनि यो खोप लगाउन आवश्यक रहेको बताए।

गोदावरी नगरपालिकामा यसअघि संचालिन खोप कार्यक्रममा ५ हजार ६ सय ९९ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा मंगलबार देखि सुरु भएको खोप कार्यक्रम जेठ २७ गते सम्म जारी रहने जनाइएको छ ।

Couple
Loading...