गोदावरीमा वडा भेलाहरु शुरु, गोदावरी-१ ले गर्यो १ करोड १० लाख बढिको बजेट सार्बजनिक

अत्तरिया- गोदावरी नगरपालिकामा आज देखी वडा भेलाहरु शुरु भएका छन् । वडाहरुले आर्थीक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम सार्वजनिक गर्ने छन् ।

Dadeldhura hospital

त्यस्तै आज नै वडा नम्बर १ ले आर्थीक बर्ष २०८०/८१ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ७ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

Navadurga sun
Godawari sandesh

नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्बजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार समानिकरण बजेट ८० लाख र सुत्रमा आधारीत बजेट ३० लाख ३९ हजार ४८३ गरी जम्मा १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा उपप्रमुख सारदा रोकाय, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, वडा नम्बर ४, ११ र १२ का वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्थाका प्रतिनिधि र स्थानीयहरुको सहभागिता समेत रहेको थियो । वडा सदस्य गम्भिर साउँदले स्वागत मन्तव्य व्यक्त गरिएको वडा भेलाको संचालन वडा सचिव कुन्ता भण्डारीले गरेकी थिइन् ।

Loading...