मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने यी हुन एमालेका ७ जना सांसद

अत्तरिया, २५ जेठ- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्रदान गर्न नेकपा एमाले संसदीय दलले गरेको निर्णयको ओली पक्षधर ७ जना सांसदले उल्लंघन गरेका छन् ।

Dadeldhura hospital

प्रदेश सांसदहरु बलदेव रेग्मी, रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, र ग्याल्बोसिंह बोहराले विपक्षमा मतदान गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विपक्षमा मतदान गर्ने सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् । सभामुखसहित ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका छन् ।

Loading...