कैलालीमा दुर्लभ रेडपाण्डाको छालासहित १ जना युवक पक्राउ

Dadeldhura hospital

धनगढी, २५ जेठ– प्रहरीले एकथान रेड पाण्डाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । मंगलबार संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको सिभिल टोलीको प्रहरी सहायक निरीक्षकको कमाण्डमा बझाङ्ग घर भएका २३ वर्षीय अमर धामीलाई पक्राउ गरेको हो ।
बझाङ्गको बित्थडचिर गाउँपालिका वडा नं. ५ का अमरले पाण्डाको छाला निकालिरहेको अवस्थामा बिहानको करिब १० बजेतिर प्रहरीले बरामद गरेको छ ।
उनलाई गेटा सामुदायिक बन, गोदावरी नगरपालिका–५ स्थित जंगलबाट अति दुर्लभ मानिने रेडपाण्डाको छालासहित पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
पाण्डा कारोबारबारे इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको इकाइ कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Loading...