कैलालीको गोदावरी नगरपालिकाले ३ वटा केन्द्रबाट २५ गते देखि कोरोना बिरुद्धको खोप लगाउदै

अत्तरिया, २४ जेठ- चीन सरकारले अनुदानमा दिएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । यसै बिच कैलालीको गोदावरी नगरपालिकामा पनि ३ वटा केन्द्रबाट बिभिन्न बर्गलाई खोप दिने कार्यक्रम रहेको छ ।

कैलालीको गोदावरी नगरपालिकाले मंगलबार देखि कोरोना खोप लगाउन सुरु गर्ने जनाएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगरपालिकाका मालाखेती अस्पताल, गेटा स्वास्थ्य चौकी र गोदावरी स्वास्थ्य चौकीमा जेठ २५ गते मंगलबार देखि जेठ २७ गते सम्म कोरोना खोप लगाइने जनाएको हो ।

Navadurga sun
Godawari sandesh

कोरोना खोप ६० देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन ।

Dadeldhura hospital

उनले काठमाण्डौंमा SARS–COV–2 (Vero cell) पहिलो डोज खोप लगाएकाहरूलाई पनि सोही अवधिमा खोपको दोस्रो मात्रा दिइने बताए ।कोरोना खोप लगाउनका लागि उमेर खुल्ने कागजात, कर्मचारीको परिचयपत्र अनिवार्य ल्याउन आग्रह गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख अवस्थीले गोदावरी नगरपालिका भित्र हालसम्म ५ हजार ६ सय ९९ जनाले कोरोना खोप लगाइसकेको बताए । उनले मंगलबार देखि लगाइने खोप जिल्लामा पुगिसकेको भएपनि नगरपालिकामा भने आउन बाँकी रहेको बताएका छन् । ‘कति जनालाई खोप लगाउने भन्ने यकिन तथ्याङ्क नभएपनि करिब जिल्लाबाट १२ सय जति खोप आउने हामीले जानकारी पाएका छौ’ उनले भने ।

गोदावरी नगरपालिका कैलालीद्वारा जारी सूचना:

Loading...