

अत्तरिया- नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.५ कैलालीले प्रथम क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ । ‘राष्ट्रिय लोकतन्त्र समाजवाद’को मूल नारा सहित बुधबार एक कार्यक्रमका बिच निर्माण व्यवसायी संघ कैलालीको सभाहलमा १४औं महाधिवेशन पछिको प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न भएको हो ।



उक्त कार्यक्रम नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं.५ क्षेत्रिय कार्यसमिति सभापति भिम पडालको सभापतित्वमा भएको सम्मेलनको प्रमुख अतिथि केन्द्रीय सदस्य शुशिला मिश्र भट्ट रहेकि थिइन् ।


कार्यक्रममा केन्द्रीय सदस्य जिवन राना, महासमिति सदस्य पुर्व मन्त्री टेकबहादुर रैका, महासमिति सदस्यहरु, जिल्ला सभापति नारायण दत्त भट्ट, सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्री प्रकाश वहादुर देउवा, महाधिवेशन प्रतिनिधिहरु, (क) प्रदेश सभापति सिता राम राना, प्रदेश (ख) सभापति केशव राज जोशी, नगर सभापति यज्ञ राज उपाध्याय, वडा कार्यसमिति, तरुण दल, नेविसंघ, दलित संघ, महिला संघ लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।