डडेल्धुरामा झाडापखालाका कारण बालिकाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा झाडापाखालाका कारण एक बालिकाको ज्यान गएको छ। जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको मंगलबार साँझ मृत्यु भएको हो।

केही दिनअघि बिरामी परेकी उनलाई हिजो नै जोगबुढा अस्पताल पुगाइएको थियो। धामीको झाडापखालाका कारण ज्यान गएको जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले बताए।

Navadurga sun
Godawari sandesh

संगिताको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी रेफर गरेकामा उनको बाटोमै मृत्यु भएको थियो। यस्तै सोही गाउँका अन्य ३ जना बिरामी समेत झाडापखालाका कारण अस्पताल भर्ना भएका छन्।

Dadeldhura hospital

संगितासहित एकै परिवारका पाँच जनालाई मंगलबार बिहान १० बजे उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। यसैबीच मृतकका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै बिरोध गरिरहेका छन्।

गुप्तेगडामा झाडापाखाला संक्रमण फैलिएको खबर पाएपछि जोगबुडा अस्पतालबाट स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा खटिएको परशुराम नगरपालिकाको स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले जानकारी दिए।

उक्त क्षेत्रमा हैजा फैलिएको आशंकामा स्वास्थ कार्यालय डडेल्धुराबाट समेत टिम खटाइएको छ। अहिले सरुवा रोग नियन्त्रण फोकल व्यक्ति हरिप्रसाद भट्टसहितको टिम उक्त क्षेत्रमा गइरहेको छ।

त्यहाँबाट पानी तथा दिशाको नमुना लिएर जाँचका धनगढी पठाउने उनले बताए। ‘हैजा फैलिएको आशंका हो, नमुनाको रिपोर्ट आएपछि मात्रै पुष्टि हुन्छ’ उनले भने । २०७५ सालमा पनि उक्त क्षेत्रमा झाडापखालाको संक्रमण फैलिएको थियो।

 

 

Loading...