पत्रकारिताले राजनीति र समाजलाई सकारात्मक दिशामा डोर्‍याउनुपर्छ : बलायर

डोटी- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले समाज र राजनीतिलाई सही बाटोमा डोर्‍याउने दायित्व पत्रकारिताको भएको बताएका छन् । सोमबार दिपायलमा नेपाल प्रेस युनियन डोटी शाखाको भवन शिलान्यास गर्दै बलायरले यस्तो बताएका हुन् ।

Dadeldhura hospital

‘राजनीति र समाजलाई सही बाटोमा डोर्‍याउने पत्रकारको दायित्व हो,’ बलायरले भने, ‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस्। समाज र मुलुकको भलाइका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको उनले बताए ।

Navadurga sun
Godawari sandesh

पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए । उनले भने, ‘पत्रकारसँग सिद्धान्त हुन्छ । सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन । तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने विवेक पनि पत्रकारमा चाहिन्छ ।’

Loading...