आज सुदूरपश्चिममा १७६ जनामा संक्रमण पुस्टि, ९ जना संक्रमितको मृत्यु, ५३० जना निको

अत्तरिया, २३ जेठ- पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ५०७ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ८ सय ८३ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन् । यी दुवै विधिबाट गरिएको परिक्षणमा १७६ जनामा संक्रमण पुस्टि भएको छ ।

Dadeldhura hospital

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३३७ जनाको नमूना परीक्षण गर्दा ३५ जना, महाकाली अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा ६ जना, बैतडी अस्पतालमा ९५ जनाको नमूना परीक्षण गर्दा २७ जना, बझाङ अस्पतालमा ३४ जनाको नमूना परीक्षण गर्दा ९ जना र अछामको कमलबजार प्रोगशालामा २५ जनाको परिक्षण गर्दा १४ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका २ जना, कञ्चनपुर २ जना, डोटीका २ जना र अछाम, बाजुरा र बैतडीका १/१ जना गरि ९ जनाको मृत्यु भएको हो । भने ५ सय ३० जना निको भएर घर फर्किएका छन् ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३६ हजार ६१९ नमूना परीक्षण गर्दा ४१ हजार ३०२ जनामा संक्रमण पुस्टि भएको छ भने हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३० हजार ८४२ जनाले कोरोना जितेका छन् भने, ५३७ जनाको मृत्यु भएको छ।

Loading...