रानाथारु कलाकार मञ्चको अध्यक्षमा श्यामकुमार राना चयन

धनगढी- रानाथारु कलाकार मञ्चको अध्यक्षमा श्यामकुमार राना चयन भएका छन् । शनिबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ७ स्थित नवज्योति सहकारीको सभा हलमा भएको रानाथारु कलाकार मञ्चको दोस्रो अधिवेशनबाट नया कार्यसमिति चयन गरिएको हो ।

Dadeldhura hospital

मञ्चको उपाध्यक्षमा दशरथ राना, सचिवमा राम प्रसाद राना, कोषाध्यक्षमा सरस्वती राना रहेका छन् । त्यसैगरी सदस्यहरुमा नरेश राना, पार्वती राना, फुला राना, शिवराज राना, ओम प्रकाश राना, अमर सिंह राना, महामती राना चयन भएका हुन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै कृष्णपुर नगरपालिका नगर उप-प्रमुख द्रोपती रानाको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथी नारायण राना, नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर राना, धनगढी-७ का पुर्व वडा अध्यक्ष तथा नवज्योति सहकारीका अध्यक्ष सिताराम राना रहेका थिए ।

त्यस्तै कार्यक्रममा भानु प्रताप राना, रानाथारुका खलनायक खडक बहादुर राना, गायक रामदेव राना, नेपाल रानाथारु समाज कैलालीका उपाध्यक्ष पृथ्वी राना लगायत कलाकारहरुको उपस्थिति रहेको थियो । रानाथारु कलाकार मञ्चको उपाध्यक्ष दशरथ रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Loading...