

दार्चुला- मंगलबार दिउँसो ब्यास गाउँपालिका–१ स्थित भोलिङमा हिमपहिरोमा पुरिएर बेपत्ता भएका मानिसहरूको खोजतलासका लागि सुरक्षाकर्मी घटनास्थलतर्फ हिँडेका छन् ।



हिमपहिरोमा बेपत्ता भएका ५ जनाको खोजतलासका लागि आज बिहानै छाङरूबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जिल्ला प्रहरी कार्यालय दार्चुला डीएसपी तर्कराज पाडेण्यले बताए । छाङरूबाट गएको सशस्त्र र नेपाल प्रहरिको टोली हिमपहिरोमा फस्का ७ जनाको उद्धार गरेको थियो ।


हिमपहिरोमा बेपत्ता हुनेमा दुहु गाउँपालिका–४ पोक्सेका ३६ वर्षीय कमला कुँवर, सोही ठाउँका १८ वर्षीय प्रविण कुवर, डोटि जिल्ला जोरायल गाउँपालिका–२ वुडरका ४५ वर्षीय नवती डोमा थापा, सोही ठाउँका १५ वर्षीय क्षिमी सोमो थापा र सोही ठाउँका २८ वर्षीय ईश्वरी थापा रहेको सीतापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिए ।

