पूर्वमन्त्री ओझाको स्मृतिमा डोटीमा भवन निर्माण हुने

धनगढी- डोटीको दिपायलमा स्वर्गिय सिद्धराज ओझाको स्मृतिमा भवन निर्माण हुने भएको छ। ओझा स्मृति प्रतिष्ठान डोटीले दिपायल सिलगढी नगरपालिका-४ पिपल्लामा अढाई तलाको सुबिधा सम्पन्न भवन निर्माण गर्न लागेको हो।

डोटीको लोकतान्त्रिक आन्दोलनका अगुवा ओझाको योगदानलाई जिवन्त राख्न आठ आना जमिनमा भवन निर्माण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष शुशिल घर्तीले जानकारी दिए।

Navadurga sun

दिपायलको पिपल्लामा निर्माण हुन लागेको उक्त भवनको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बुधबार एक कार्यक्रमबीच शिलन्यास गरे।

सभापति सिंहले ओझाको सम्झनामा निर्माण हुन लागेको भवनले ओझाले लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानलाई डोटेली जनताका बीचमा जिवितै राख्न सहयोग पुर्‍याउने विचार व्यक्त गरे।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...