अध्यक्ष ओलीलाई सुदूरपश्चिम संसदीय दलका नेता शाहले स्पष्टीकरण दिए

धनगढी, २३ जेठ- एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् । उनले दोस्रोे पटक आज पार्टीलाई स्पष्टीकरण दिएका हुन् ।

पहिलो पटक एमाले प्रदेश कमिटीलाई स्पष्टीकरण बुझाएका शाहले दोस्रो पटक केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश अध्यक्ष कणर् थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए ।

आइतबार बिहान शाहले स्पष्टीकरणको जवाफ पठाएका छन् । शाहले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई मेललाई मार्फत स्पष्टीकरण पठाएका थिए । सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई उक्त स्पष्टीकरण पठाइएको जानकारी दिए ।

अध्यक्ष ओलीले शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । त्यस्तै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप लगाइएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान समेतको आधारमा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन निष्कासन नगर्ने ? भन्दै चित्तबुझ्दो जवाफ मागेका थिए ।

Loading...