अतिक्रम गरी बनाइएका घर टहरा हटाँउदा दिर्घरोघी र बालबालीका समस्यामा

अत्तरिया- डिभीजन वन कार्यालय कैलालीले सडक छेउछाउमा अतिक्रमण गरी बनाईएका घर टहरा हटाँउदा दिर्घरोगी र बालबालीका समस्यामा परेका छन् ।

Dadeldhura hospital

जिल्लाको गोदावरी नगरपालीका वडा नम्बर ३ स्थीत चौकीडाँडा सामुदायिक वन र बडीमालीका सामुदायिक वनमा अतिक्रमण गरी बनाईएका घर टहरा डिभीजन कार्यालयले विभीन्न निकायको सहयोगमा सोमबार हटाएका थियो । घर टहरा हटाएकै रातिदेखी रातभर वर्षा भएपछी थप समस्या भएको उनीहरुले बताएका छन् ।

Navadurga sun
Godawari sandesh

मंगलबार दिँउसो हातमा औषधीको पोको बोकेर त्रिपाल मुनी बसीरहेकी दमकी रोगी कलावती लुहारले राती चिसो भुँईमा सुत्दा गाह्रो भएको बताईन् । राती पानी परेपछी उनीहरु नजीकैको विद्यालयमा बास बस्न गएका थिए । उनले घर भत्काउन एक्कासी डोजर आँउदा घरमा भएका अरु कुनैपनी सामान जोगाउन नपाएपनी औषधीको पोको भने बल्लतल्ल निकालेको बताईन् । मुटुमा देखएिको समस्याका कारण लामो समयदेखी औषधी सेवेन गर्दै आएकी बेलुदेखी टमटाले आफुजस्ता औषधी खानुपर्नेलाई थप समस्या भएको बताईन् ।

सो ठाँउमा भएका तीन सय भन्दा बढी टहरा भत्काईएपछी अधिकांशले बालबालीकालाई नजीक भएका आफन्तको घरमा पठाएका छन् भने कसैले संगै राखेका छन् । हिजो बिहान खाना खाने समय नहुँदै डोजर आएर घर फाल्न लाग्यो स्थानीय शान्ति वि क ले भनीन् हामीले खाना पकाएका समेत थिएनौँ ,दिउँसोभरी साना छोराछोरी समेत भोकै बस्नुपर्यो । अहिले दुई छोराछोरीलाई दिदिको घर पठाएको छु,सानो छोरा म संगै छ । ” उनीहरुले आफुसंग भएको सबै सामान पनी केहि च्यापिएको र केहि रातभरीको वर्षाले भिजेर नष्ट भएको बताएका छन् ।

Loading...