सुदूरपश्चिमका ९ वटै जिल्लामा रेडक्रसले स्वास्थ्य सामग्री वितरण गर्‍यो

धनगढी, २२ जेठ- नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा कोभिड-१९ को प्रतिकार्यका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

Ganyapdhura gau

चाइना रेडक्रस फाउण्डेसनको सहयोग र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशले ९ वटै जिल्लामा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको प्रदेश कार्यसमितिका अध्यक्ष केशवदत्त पन्तले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पन्तका अनुसार ९ वटै जिल्लामा आवश्यकता र प्राथमिकता हेरेर स्वास्थ्य सामग्री वितरण गरिएको समेत बताए । प्रदेशमा जम्मा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, ४ लाख थान मेडीकल मास्क, १० हजार थान एन ९५ मास्क, र १०० थान डेडबडी कभर वितरण गरिएको छ ।

रेडक्रसले सरकारी निकाय र आफ्ना शाखाहरुलाई छुट्टाछुट्टै रुपमा स्वास्थ्य सामग्री वितरण गरेको हो । जसमा सरकारी निकायमा ३ सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), १३ वटा अक्सिजन कन्सन्टेट्रर, १ लाख थान मेडिकल मास्क र १०० थान डेडबडी कभर वितरण गरिएको छ भने जिल्ला शाखाहरुलाई ३ लाख थान मास्क, १० हजार थान एन ९५ मास्क, वितरण गरिएको छ ।

प्रदेश कार्यालयले सबै जिल्लामा अक्सिजन कन्सन्टेट्रर वितरण गरेको छ । हरेक जिल्लामा १० हजार थान मेडिकल मास्क सरकारी निकायलाई वितरण गरेको छ ।

Couple
Loading...