उपनिर्वाचनमा १.५० प्रतिशत मत बदर, सबैभन्दा बढी तनहुँमा

काठमाडौं– वैशाख १० को उपनिर्वाचनमा कुल १.५० प्रतिशत मत बदर भएको छ। निर्वाचन आयोगले जारी गरेको तथ्याङ्कअनुसार कुल खसेको मतको उक्त प्रतिशत मत बदर भएको हो।

Dadeldhura hospital

आयोगका अनुसार सबैभन्दा बढी मत तनहुँ १ मा बदर भएको छ। यो क्षेत्रमा कूल मतदाता १ लाख २३ हजार ३०५ रहेकोमा ६५ हजार ३१६ मत खसेको थियो। जसमध्ये ६४ हजार १३५ मत सदर र बाँकी १ हजार १८१ मत भने बदर भएको छ।

Navadurga sun
Godawari sandesh

यस्तै, चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९५ रहेकोमा ७८ हजार ६६४ मत खसेको थियो। उक्त मतमध्ये ७७ हजार ४६६ मत सदर र १ हजार १९८ मत भने बदर भएको छ। उक्त बदर मत भनेको १.५२ प्रतिशत हो।

बारा २ मा कूल मतदाता १ लाख ५ हजार २४८ मध्ये ६९ हजार २२ मत खसेको थियो। उक्त मत मध्ये ६८ हजार १९२ सदर र ८३० मत भने बदर भएको छ। उक्त बदर मत १.२० प्रतिशत हो।

Loading...