गोदावरी नगर शिक्षकहरुले ५ बुँदे माग राख्दै बुझाए ज्ञापन पत्र

अत्तरिया- गोदावरी नगर शिक्षक समितिले बिभिन्न ५ बुदे माग सहित गोदावरी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । गोदावरी नगर समितले नगर क्षेत्रमा कार्यरत नगर शिक्षकका हक हितका लागि गोदावरी नगरपालिका का प्रबक्ता गोपाल दत्त भट्ट र वडा नम्बर २ का वडा अध्यक्ष यज्ञ महरालाई भेटेर ज्ञापन पत्र बुझाएको हो । समितिका अध्यक्ष तपराज आझाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा ५ वटा मागहरु अघि सारेका छन ।

नगर शिक्षकलाइ तत्काल नियुक्तिपत्र प्रदान गरियोस, नगर शिक्षकहरुलाइ यसै शैक्षिक सत्रदेखि पोसाक भत्ता उपलब्ध गराइयोस्, नगर शिक्षकहरुलाइ पनि नेपाल सरकारको मापदण्ड अनुसार सेवा सुबिधा प्रदान गरियोस्, नगर शिक्षक रिक्त भएका स्थानमा तत्काल शिक्षक भर्नाको प्रकृया अगाडि बढाइयोस्, नगर शिक्षकलाइ पाठ्यक्रम प्रबोधिकरण लगायतका बिषयगत् तालिममा पनि सहभागी गराइयोस् लगायतका मागहरु रहेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...