कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी- कैलालीमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर ३ बजिर चौराहस्थित सडकखण्डबाट जानकी गाँउपालिका–७ गोलौरीका १९ बर्षीय राजबिन महतोलाई पक्राउ गरेको हो।

Dadeldhura hospital

सु.प.प्र.०१-०११ प ११२६ नम्बरको मोटरसाईकलमा सवार उनी टीकापुरबाट गोलौरी तर्फ जाँदै गरेका थिए। उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तिमा थान ५ पोका प्लाष्टिकमा ३ सय १० मिलिग्राम लागुऔषध (खैरो हेरोईन) लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

बरामद गरिएको लागुऔषध (खैरो हेरोईन) सहित महतोलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

Loading...