तनहुँ-१ र बारा-२ मा १० वैशाखमै उपचुनाव गर्ने निर्णय

Dadeldhura hospital

काठमाडौं- तनहुँ निर्वाचन क्षेत्र १ र बारा– २ मा पनि १० वैशाखमा उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपचुनावको मिति तय गरेको हो ।

तनहुँ १ का सांसद रामचन्द्र पौडल राष्ट्रपति र बारा २ का रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् । १० वैशाखमा चितवन २ मा पनि उपचुनाव हुँदैछ ।

 

Loading...