जिआइजेडको कार्यशाला गोष्ठी चुरेमा सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा जीआईजेड संस्थाले एक दिने व्यवसायिक वातावरण सर्वेक्षण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको सभाअध्यक्षतामा सम्पन्न एक दिने सर्वेक्षण कार्यशाला गोष्ठी भएको हो ।

विकासको गति तथा आर्थिक सुशासन मापन सुचक तथ्यांक र जलवायुका बिषयमा छलफल भएको थियो । चुरेको २०२१ देखि २०२२ सम्मको आर्थिक सुशासन व्यवसायिक भावनाको लेखाजोखामा विसिएस सर्वेक्षण संचालन गरेका बिषय र हाल यस गाउँपालिकाको आर्थिक जलवायु सम्भावनाका बिषयमा छलफल भएको थियो । व्यापार, उत्पादन, कृषि, लघुउद्यम, साना उद्यम, फर्मका बिषयमा कार्यसम्पादन समेत गरिएको थियो।

Navadurga sun

उक्त कार्यशाला गोष्ठीमा चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापा, वडा नं.१ का वडा अध्यक्ष डम्मर सिंह, वडा नं.३ का वडा अध्यक्ष खगेन्द्र खडायत, वडा नं.४ का चन्द्र बहादुर लामिछाने मगर, वडा नं.५ का वडा अध्यक्ष बिर बहादुर धामी, वडा नं.६ का वडा अध्यक्ष प्रेम बहादुर साउँद, कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत विविराज सोती, शाखा प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागी प्रतिनिधिहरुले चुरेको समस्या सम्भावनाका बिषयमा आ-आफ्ना प्रतिकृया राखेका थिए ।

आगामी दिनमा चुरे गाउँपालिका सँगै सहकार्य गरेर आर्थिक बिकाषको गति आर्थिक सुशासन बिषयमा काम गर्ने समेत संस्थाले जानकारी दिएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...