दुर्गालक्ष्मीको स्ववियु सभापतिका लागि अनेरास्ववीयुबाट सुवेदीको उम्मेदवारी घोषणा

अत्तरिया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि अनेरास्ववीयु क्याम्पस कमिटीले उम्मेदवार सार्वजनिक गरेको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववीयुले) आइतबार क्याम्पसमा पत्रकार सम्मेलनको आयोजना गरी सभापतिमा पुष्प सुवेदीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

आउदो चैत्र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सभापतिमा सुवेदीको नाम क्याम्पस कमिटीले एकल सिफारिस गरेको थियो । स्ववियु निर्बाचन नजिकिएसंगै कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले तयारी तिब्र गरिरहेको छ ।

Navadurga sun
Godawari sandesh

सभापति पदमा मात्रै उम्मेदवारी घोषणा गरेको अनिरास्ववियुले अन्य पदमा अन्य संगठनहरुसंग सहकार्य गरेर अगाडी बढ्ने जनाएको छ । यसका लागि बिभिन्न संगठनहरुले प्रस्ताव राखेको र कुरा पनि भइरहेको अनेरास्ववीयु क्याम्पस कमिटीले जनाएको छ । क्याम्पसको सुधारका लागि प्राथमिकतामा राखेका संगठनहरुसंग सहकार्य हुन सक्ने बताईएको छ ।

Dadeldhura hospital

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै सभापतिका उम्मेदवार सुवेदीले दुर्गालक्ष्मीमा लामो समय देखि रहेका समस्या सामाधानका लागि आफू अग्रसर रुपमा लागि पर्ने बताए । उनले विद्यार्थीका हक हितका कुरालाई बुलन्द आवाजका साथ अगाडी बढाउने र विद्यार्थीको चौतर्फि विकासका लागि सहयोग पुग्ने क्रियाकलापमा आफु खटिदै आइरहेको समेत बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा गाभिएपछि दुर्गालक्ष्मीले आफ्ना थुप्रै अधिकारहरु खोज्नुपर्ने बेला भएकाले उनले विद्यार्थीहरुले पछिल्लो समय नयाँ पाठ्यक्रमको खोजी गरेको अवस्थामा त्यसको परिपुर्तिका लागि आफूले पहल गर्ने बताए । नयाँ पाठ्यक्रम संगसंगै बिभिन्न कुराहरुको परिवर्तनका लागि दुर्गालक्ष्मीबाट परिवर्तनको आवाज उठाउन आवश्यक रहेको उनको भनाई छ ।

उनले अहिले पढ्दै कमाउने शिक्षा प्रणालीको विकास गर्न पनि आवश्यक रहेको बताए । दुर्गालक्ष्मीमा कैलाली बाहिरका जिल्लाबाट पनि बिद्यार्थीहरु पढ्न आउने भएकाले उनिहरुका लागि छात्राबासको व्यवस्था नहुँदा समस्या झेल्नुपर्ने अवस्था, क्याम्पसमा सर्वसुलभ क्यान्टिन नहुँदा समस्या भोग्दै आएका उनले बताए । उनले बिद्यार्थीका समस्या सामाधान र व्यवस्थित प्रशासन बनाउनका लागि पनि आफू लाग्ने बताए ।

उक्त क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैठौ) संयुक्त प्यानल, स्वतन्त्र विद्यार्थी समुह, अखिल (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु-समाजवादी), नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन गरी ८ वटा बिद्यार्थी संघ संगठनहरु दर्ता भएका छन् ।

विश्वविद्यालयको निर्वाचन कार्यतालिका अनुसार आज फागुन २८ गते मतदाता सूची प्रकाशित गर्ने, चैत १ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मौन अवधि सुरू हुनेछ ।

Loading...