बाजुरामा भिरबाट लडेर एक बालिकाको मृत्यु

बाजुरा- बाजुरामा विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ क्रोधमा बिहान विद्यालय जाने क्रममा भिर बाट लडेर बालिकाको मृत्यु भएको हो ।

Dadeldhura hospital

मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ क्रोध फडील्ला स्थायी घर भएका दलबहादुर बडुवालकी ६ वर्षीय छोरी कमला बडुवाल रहेकी बताइएको छ । बालिका वडा न‌‍म्बर ६ क्रोधमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन् ।

godawari10 Mahila hinsa
Navadurga sun

विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिँडेकी कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Loading...