


काठमाडौं- बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।


बिहीबार छापावाल सुनको मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन एक लाख एक हजार ५ सय, तेजावी सुन एक लाख एक हजार र चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।





