सुदूरपश्चिम विश्वविद्यालयले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सोमबार सार्वजनिक गरेको हो ।

Dadeldhura hospital

निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ/संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ ।

Navadurga sun
Godawari sandesh

चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।

Loading...