दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

दार्चुला– दार्चुलामा खाना पकाउने ग्यास लिक भएर आगलागी भएको छ । दार्चुलाको महाकाली नगरपालिका-५ घट्टेखोलास्थित ओमकार पन्तको फुड गार्डेन रेष्टुरेन्टमा खाना पकाउने क्रममा ग्याँस लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

शनिबार दिउँसो भान्सा कोठामा ग्यास लिक भएर आगलागी भएको हो । आगलागी हुँदा भान्सामा रहेका भाडावर्तन, अन्न, फ्रिज लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

आगलागीबाट भएको क्षतिको पूणर् विवरण भने खुलेको छैन् । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । प्रहरीले आगलागको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Loading...