कञ्चनपुरमा भन्सार छलीका सामान बरामद




कञ्चनपुर, १७ जेठ- कन्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापाचोकबाट खटी गएका पैदल सीमा गस्ति टोलिले भन्सार छली ल्याइएका सामान बरामद गरेको छ ।



सीमा ईलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ४ लाख ६६ हजार १४० मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जानकारी गराएको छ ।


भन्सार छली ल्याइएका चिनी, किराना सामान, मल, बिउभिजन, मैदा प्लाष्टिक, खेत जोत्ने हैरो, माछा र मोटरसाइकल सहितको सामान बरामद गरिएको जनाइएको छ । बरामद गरिएको माछा पशु क्वारेन्टाईन कार्यालय बेलौरी र अन्य सामान आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।



