सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे प्रकाशमानलाई

धनगढी- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंह र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ। बुधबार बिहान चाक्सीबारी पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्। भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्थाबारे नेता सिंहलाई जानकारी गराएको बताइएको छ। उनले विश्वासको मतबारे विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि बताएका थिए।

Dadeldhura hospital

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए।

Navadurga sun
Godawari sandesh

उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइ राख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ।

त्यसैका लागि मुख्यमन्त्रीले दौडधूप बढाएका छन्। उनले पनि अहिलेसम्म विश्वासको मत लिएका छैनन्। नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान यथावत् राखेको छ भने माओवादी केन्द्रले संघको राजनीतिक समीकरण कुरिरहेको छ। यसैबीच शाह विश्वासको मत पाउने वातावरण सृजना गर्न काठमाडौं गएको बुझिएको छ।

Loading...