
कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ कालिकास्थित सडकमा सु.प.प्र ०२००४ प ०८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार वडा नम्बर ६ का १७ वर्षीय करन चन्दको मृत्यु भएको हो ।



मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चालक पनि किशोर नै भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए ।

