


बझाङ– बझाङमा बाघको आक्रमणबाट १ जना घाइते भएका छन । बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेको पाटादेवल नजिकै खप्तडको फेदमा रहेको जङ्गलमा बाघले आक्रमण गरेको हो । हुम्ला सिमिकोट-७ घर भई बझाङमा भेडा च्याङ्ग्राको ब्यवसायी गर्दै आएका राजमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।


उनी जङ्गलमा भेडा,च्याङ्ग्रा चराईरहेका थिए । उनका आफन्त यज्ञ बहादुर शाहीले बाघले आक्रमणबाट शाहीको खुटा र हातमा चोट लागेको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङले घाइते शाहीको बझाङ्ग स्थीत खप्तडछान्ना गाउँपालिकाको स्वास्थ्य शिविरमा उपचार भइरहेको जनाएको छ ।





