सुदूरपश्चिम कृषि निर्देशनालयमा जनशक्ति अभाव, ३८ दरबन्दीमा १६ जना कार्यरत

डोटी- ‘नयाँनयाँ बाली त भित्र्याउन खोज्दैछौं तर जनशक्तिनै छैन । खासगरी नवौंर१०औं तहका कर्मचारीहरूले कृषि क्षेत्रमा नयाँ अनुसन्धान गर्नु पर्ने हो । तर, हाम्रो निर्देशनालयमा भएका दरबन्दीहरु रिक्त छन् ।’ पछिल्लो समय सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा केही नयाँ काम भएका भए पनि जनशक्ति अभावका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँछन् सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय राजपुरका सूचना अधिकारी केशवराज पाण्डेय ।

Ganyapdhura gau

उनले कृषि क्षेत्रमा नयाँनयाँ अनुसन्धान र प्रयोगका लागि आवश्यक जनशक्तिको अभाव रहेको बताए । निर्देशनालयमा सवारी चालक र कार्यालय सहयोगीसहित ३८ जनाको दरबन्दी रहे पनि हाल १६ जनामात्रै कार्यरत रहेको उनले बताए । ‘कार्यरतमध्ये पनि ६ जना करारका कर्मचारीहरू छन्,’ पाण्डेयले भने, ‘२२ जनाको त दरबन्दीनै रिक्त छ ।’

Navadurga sun
Godawari sandesh

निर्देशनालयमा ११ तहको निर्देशकको दरबन्दी रहेको छ । सो दरबन्दी रिक्त छ । नवौंर१०औं तहका ८ दरबन्दी छन् तर एक जनामात्रै कार्यरत छन् । उनले निमित्त निर्देशक भएर सुदूरपश्चिमको कृषि क्षेत्रको नेतृत्व गर्दैछन् । सातौं र आठौं तहका तीन दरबन्दी रहेकामा तीनै जना करारमा कार्यरत रहेको पाण्डेय बताउँछन् ।

पाँचौं र छैटौं तहका १३ दरबन्दीमध्ये ८ जनामात्रै कार्यरत रहेका छन् । सवारी चालक दुई दरबन्दीमध्ये एकरएक जनामात्रै करारमा कार्यरत छन् । यस्तै कार्यालय सहयोगी चार दरबन्दीमा एक जना करारसहित चारै जनाले काम गरिरहेका छन् ।

Dadeldhura hospital

‘मुख्यतया नवौंर१०औं तहको कर्मचारीले अनुसन्धान गर्ने, नीति बनाउने काम गर्नु हुन्छ’ सूचनाअधिकारी पाण्डेय भन्छन्, ‘तर दरबन्दी नै रिक्त भएपछि काम प्रभावित त हुने नै भयो ।’ निर्देशनालयले नयाँनयाँ जातका फलफूल बालीहरुको परीक्षण गरिरहेको सूचना अधिकारी पाण्डेय बताउँछन् ।

उनले हाल तराईमा फल्ने स्याउ (ट्रपिकल एप्पल), ड्रागन फ्रुट स्ट्रबेरीको परीक्षण भइरहेको बताए । ‘ड्रागन फ्रुटको कैलाली र कञ्चनपुरमा खेती सुरु भएको छ,’ पाण्डेयले भने, ‘अलिअलि दार्चुलातिर पनि सुरु भएको छ ।’ कैलालीमा ट्रपिकल एप्पलको परीक्षण सुरु भएको र स्ट्रबेरी पनि परीक्षण भइरहेको बताए ।

किबी खेतीमा किसानको बढ्दो आकर्षण

निर्देशनालयको तथ्याङ्कअनुसार सुदूरपश्चिमका किसानहरू किबी खेतीप्रति आकर्षित भइरहेका छन् । आर्थिक बर्ष ०७४/०७५ सम्म प्रदेशमा ११ हेक्टर जमीनमा मात्रै किबी खेती हुने गरेकोमा हाल ५९ हेक्टरमा खेती भइरहेको सूचना अधिकारी पाण्डेय बताउँछन् ।

उनले उत्पादन कस्तो भइरहेको छ भन्ने विषयमा अहिले नै बताउन नसकिने बताए । उनी भन्छन्, ‘किबीको बिरुवाले राम्रोसँग फल दिनका लागि ४/५ वर्ष लाग्छ ।

उनी भन्छन्, ‘त्यसैले उत्पादन कस्तो भइरहेको छ भन्न त सकिंदैन तर कृषकहरु आकर्षित छन्ऽ’ किबीमा धेरै परिश्रम पनि नलाग्ने र मूल्य पनि राम्रो पाइने भएका कारण किसानहरू यसतर्फ आकर्षित भएको हुन सक्ने उनको भनाइ छ ।

 

Couple
Loading...