कैलालीको चुरे-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

प्रकाशबहादुर बोहरा
अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । वसर युवा क्लव र चुरे गाउँपालिकाको विशेष सहकार्यमा सहजपुर स्वास्थ्य चौकी चुरे ३ मा शनिबार (भोली) बिहान ९ बजेबाट हुने भएको हो ।

उक्त स्वास्थ्य शिविरमा डा.रोजी शर्मा बरिष्ट स्त्री तथा प्रस्तुती रोग विशेषज्ञ, डा.शिलु उप्रेती जनरल फिजिसियन, डा.भुवन ओझा जनरल फिजिसियन, कुबेर खड्का हेल्थ असिस्टेन्ट (वास नेपाल), प्रियंका शर्मा वि.एस.नर्सिङ (वास नेपाल) डाक्टर तथा जनरल फिजिसियनहरुले चेकजाँच गर्ने जनाइएको छ ।

Navadurga sun

त्यस्तै आँखाको उपचारका लागि नेपात्र नेत्र ज्योति संघ गेटा आँखा अस्पतालको विशेषज्ञ डाक्टरद्वारा आँखा चेकजाँच साथै निःशुल्क औषधी उपचार मोति बिन्दु समस्या भएकालाई निःशुलक रुपमा गेटामा अप्रेसन समेत गरिने छ । त्यस्तै ल्याब प्रयोगशालामा सुगर चेकजाँच समेत गरिने जनाइएको छ ।

त्यसैगरी सहकार्य गेटा आँखा अस्पताल, नोभा हस्पिटल, गुराँस एकेडेमी अत्तरिया कैलाली, वास नेपाल कैलाली शाखा र दारि ग्याङ कैलाली रहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...