बैतडीमा भीरबाट लडेर बालकको मृत्यु





बैतडी, १५ जेठ- बैतडीमा भीरबाट लडेर १३ वर्षीय बालकको मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ३ बरकुराली कन्सिनाका महेश नाथको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए । भीरबाट करिब २ सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।



