डोटी र डडेल्धुरामा एक साता निषेधाज्ञा थपियो (जारी आदेश सहित)

डोटी, १४ जेठ- डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोभिड-१९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार आदेश जारी गरेका छन् ।

Navadurga sun
Godawari sandesh

दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै डोटी जिल्लामा वैशाख २२ गतेबाट ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । अवस्थामा सुधार नआएपछि जेठ १ गतेदेखि लागु हुने १५ दिन थप गरिएको थियो ।

त्यसैगरी डडेल्धुरा जिल्ला प्रशासन कार्यालयबाट पनि जेठ २२ गतेसम्मका लागि आदेश जारी भएको छ । ‘भोलि (शनिबार) सम्मका लागि यसअघि निषेधाज्ञा तोकिएको थियो, आज थप एक साता लम्ब्याउने निणर्य भयो’ डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने ‘अब जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ ।’ कोरोनाको दोस्रो लहर फैलिन थालेपछि डडेल्धुरामा वैशाख १७ गतेबाट निषेधाज्ञा जारी भएको थियो ।

Dadeldhura hospital

डोटीका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:

डडेल्धुराका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश:

Loading...