अत्तरिया- कैलाली जिल्लाको चुरे गाउँपालिका ६ गौजेनामा रहेको श्री शिद्धबाबा आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा किसन सिंह साउँद ‘बिशाल’ चयन भएका छन् ।



बुधबार बसेको अभिभाबक भेलाले अध्यक्षमा साउँदलाई सर्वसम्मत रुपमा चयन गरेको हो । साउँद नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य समेत हुन् ।


कमिटी गठन संघ बसेको पहिलो बैठकले विद्यालय सरसफाई, विद्यालयको गुणस्तर सुधार लगायतका महत्वपूणर् बिषयहरुमा निणर्य पारित गर्दै बैठक सम्पन्न भएको हो ।
त्यस्तै व्यवस्थापन समितिको सदस्यहरुमा वसन्त ठगुना, लालमती धानुक, रजनी पार्की, धन बहादुर कठायत र भागरथी दमाई, पदनय सदस्य मान बहादुर साउँद, पदनय सचिव प्र.अ.बोध बहादुर शाह रहने गरी ९ जना को कार्य समिति चयन भएको छ । उक्त कार्य समिति कार्य अवधि ३ बर्षको हुनेछ । त्यस्तै खडक कार्कीको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ ।





