सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने एमाले संसदीय दलको निर्णय





अत्तरिया, १२ जेठ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । कोरोना बढ्दै गइरहेको अवस्थामा तत्काल समर्थन फिर्ता नलिने निर्णय भएको प्रदेश सांसद अमर साउदले बताए ।


अहिले यथास्थितिमै अगाडि बढेर कोरोना व्यवस्थापन गर्ने निर्णय गरेका छौँ, साउदले भने, ‘स्थिति अनुकूल भएपछि आफ्नै नेतृत्वमा सरकार बनाउन दलहरू सँग छलफल गर्ने कुरा भएको छ।’



