धनगढी- आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार मंहासघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाही लगायत ७२ जनाको सम्झनामा नेपाल पत्रकार महासंघ कैलाली शाखाद्वारा धनगढीमा दीप प्रज्वलन गरेको छ ।






नेपाल पत्रकार मंहासघ कैलाली शाखाको आयोजना तथा प्रेस सेन्टर कैलालीको संयोजनामा पार्क मोडमा दीप प्रज्वलन गरिएको हो । विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकारलगायतका व्यक्तिहरुप्रति श्रद्धान्जली व्यक्त गरिएको थियो ।
यती एयरलाइन्सको ९ एन-एएनसी एटीआर-७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो ।
विमान दुर्घटनामा चालक दलका चार जनासहित ७२ जना सवार थिए । जसमध्ये ६९ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् ।





