२२ दिनपछि सुदूरपश्चिम प्रदेश सभा सांसद चौधरी कोरोना संक्रमण मुक्त

अत्तरिया, ११ जेठ- सुदूरपश्चिम प्रदेश सभा सांसद चुनकुमारी चौधरी कोरोना संक्रमण मुक्त भएकी छिन् । गोदावरी नगरपालिका वडा नं ६ बडेहा घर भएकी उनलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएदेखी होमआइसोलेसमा बस्दै आएकी उनले आज २२ दिन पछि कोरोना जितेकी हुन् ।

Dadeldhura hospital

कोरोना महामारीका बिचमा पनि जनताको माझँ निरन्तर विकास निर्माणका काममा सहभागी हुदै आएकी उनलाई कोरोना पुष्टि भएको थियो ।

Navadurga sun
Godawari sandesh

संक्रमण भएपनि स्वास्थ्यमा कुनै समस्या देखिएन यस बिचमा मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फोन, मेसेज र सामाजिक संजालवाट सम्झिने र स्वास्थ्य लाभका कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । स्वास्थ्यमा समस्या नहुदाँ कोरोना संक्रमित भएको बेला पनि आफु निरन्तर गाउँमा भैरहेको विकास निर्माणको कामको समन्वय गर्दै आएको उनले बताइन् ।

उनको पहलमा प्रदेश सरकारको लगानी रहेको बडेहा खोलामा पक्की पुल, खानेपानी आयोजना लगाएतका बिभिन्न विकास निर्माण कार्यहरु अहिले जारी रहेका छन् ।

Loading...