धनगढीमा मेडिकल सञ्चालक चौधरीको मृत्यु

Dadeldhura hospital

धनगढी, ११ जेठ- धनगढीमा मेडिकल सञ्चालन गर्दै आएकी ४३ वर्षीया प्रतिभा चौधरीको निधन भएको छ । रोदन मेडिकल धनगढीकी सञ्चालक चौधरीको मृत्यु भएको हो ।

मृतक नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत वरिष्ठ प्राविधिक, जय मालिका कलेज धनगढीका सञ्चालक तथा थारु अगुवा चन्द्रसिंह चौधरीकी श्रीमती हुन् । कोरोना संक्रमण भइ बैशाख २९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गराइरहेका उनको निधन भएको हो ।

Loading...