नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरी नियन्त्रणमा

काठमाडौं- नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ। आर्थिक अनियमिततासँग मुछिएका उपरथी शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

प्रवक्ता भण्डारीले केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको थाहाखबर जानकारी दिए। उनलाई अनुसन्धान पूरा नभएसम्म सैनिक मुख्यालयमै राखिने भएको छ।

Navadurga sun

‘केही विषयमा आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो। अनुसन्धान नसकिउन्जेलसम्म उहाँ सैनिक प्रहरी नियन्त्रणमा हुनुहुनेछ,’ उनले भने।

प्रवक्ता भण्डारीकाअनुसार उपरथी शाही पुस २० गतेबाट नियमित अवकाशमा जाँदै थिए। आफ्नो जन्ममितिमा एक वर्ष उमेर घटाइएको भन्दै उनले गत ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। शाहीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पुस १३ गते अवकाशमा जाने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उनले आफ्नो जन्ममिति २०२३ पुस २२ कायम हुनुपर्ने माग गर्दै आइरहेका छन्। सर्वोच्चको आदेशपछि शाहीले थप एक वर्ष जागिर खान सक्थे। तर, जंगी अड्डाले उनलाई आर्थिक अनियमितता सम्बन्धी विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...