कञ्चनपुरमा एक लाख ७१ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर, १० जेठ- कञ्चनपुरमा १ लाख ७१ हजार बराबरको अबैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याइएको सो अवैध सामान बरामद गरेका हुन् ।

Dadeldhura hospital

जिल्लाको बेलौरी नगरपालिका वडा नं. ४ स्थित भन्सार छली चोरी पैठारी गरि ल्याएका मलखाद, पेयपदार्थ, बिजुलीका सामान र नम्बर प्लेट नभएको अपाची मोटरसाईकल गरी १ लाख ७१ हजार बराबरको अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

सो सामानलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

Loading...