


धनगढी- कैलालीमा लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । शनिबार जिल्लाको भजनी नगरपालिका- ३ कुसुमघाटमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा जानकी गाउँपालिका २ बस्ने २३ वर्षीय सुदिप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शंका लागेर चेकजाँज गर्ने क्रममा चौधरीलाई पक्राउ गरिएको बताए । उनको साथबाट ४७० मिलिग्राम लागुऔषध खेरो हेरोईन बरामद गरिएको छ ।उनलाई इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

