



अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नं.४ बाटेगडामा बिद्युत लाइन विस्तार पश्चात उद्घाटन गरिएको छ । चुरे गाउँपालिका अन्तर्गत चुरे वडा नम्बर ४ बाटेगडामा शनिबार बिद्युत लाइन बिस्तार पूरा भै वडा अध्यक्षको सभा अध्यक्षमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी र नेपाल बिद्युत प्राबिधिक कैलालीका इन्चार्ज सुर्य नारायन मन्डलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।





