सुपमा नागरिक उन्मुक्तिको दलको नेतामा रामेश्वर चौधरी

Dadeldhura hospital

धनगढी- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

Ganyapdhura gau

यसैगरी प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ।

Loading...