पत्रकार महासंघ कैलालीद्वारा आकस्मिक कोषको स्थापना

अत्तरिया, ६ जेठ- कोरोना महामारीबाट पत्रकारहरुपनि दिनानुदिन संक्रमण हुन थालेपछि पत्रकार महासंघ कैलालीले आकस्मिक कोष स्थापना गर्ने निणर्य गरेको छ । पत्रकारहरुमा पनि दिनानुदिन संक्रमण भइरहेकाले स्वास्थ्य उपचारका लागी रकम आवश्यक पर्न सक्ने भएको भन्दै महासंघ कैलालीले सो निणर्य गरेको हो ।

Ganyapdhura gau

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गर्दै कोष स्थापनाका लागी कार्य समिति सदस्य दिपक उपाध्यायको संयोजकत्वमा समिति गठन गरेको छ । यस समितिले सबैसंग समन्वय गरी काम गर्ने जनाइएको छ । महासंघ कैलालीका सचिव प्रेम चौधरीले आज एक बिज्ञप्ती जारी गर्दै यस कोषमा सहयोग गर्न अपिल गरेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

बिज्ञप्तीमा भनिएको छ यससंग बैठकले प्रदेश सरकारलाई कोरोना संक्रमणमा पर्ने पत्रकार साथीहरुलाई उपचारको उचित प्रबन्ध मिलाउन पनि आग्रह गरेको छ । धनगढीमा पत्रकार महासंघको आफ्नै भवनमा पत्रकारका लागि आईसोलेशन सेन्टर संचालन गर्ने सोच रहेपनि चिकित्सकसंग सल्लाह गर्दा ब्यबस्थापनका हिसाबले उपयुक्त नभएको सुझाब आएपछि प्रदेश सरकारले संचालन गर्ने आईसोलेशन सेन्टरमा नै पत्रकारका लागि पनि ब्यबस्थापन गरिदिन समेत आग्रह गरेका छौ ।

पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्रीको ब्यबस्था पनि पत्रकार महासंघले एक दुई दिन भित्रै गर्ने सबै साथीहरुलाई जानकारी गराउँदछौ । जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ कैलालीको नेपाल बैंक लिमिटेडमा रहेको खाता नं १३७००१०६४८५९६७०००००१ मा रकम जम्मा गर्न आग्रह गरिएको छ ।

अहिलेको यो महामारीको अबस्थामा सबैले सजकता अपनाउनु नै सबैभन्दा उपयुक्त हो । आफ्नो दायित्व निर्वाह गर्ने क्रममा पत्रकार साथीहरुलाई पर्ने समस्या, सुरक्षा, उपचार लगायतका बिषयमा महासंघ जहिले पनि तपाईहरुका साथमा छ ।

समस्यामा परेका साथीहरुलाई सक्दो सहयोग गर्न महासंघ तयार रहेको पनि यसै बिज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै रिपोर्टिङमा निस्कदा पत्रकार महासंघ र स्थानीय प्रशासनबाट जारी प्रेस पास अनिवार्य राख्न तथा सरकारी मापदण्डको पालना गर्न महासंघमा पुनः अपील गर्दछ ।

Couple
Loading...