दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु



दार्चुला, ६ जेठ- भिरबाट लडेर दार्चुलामा एक जना पुरुषको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नं. ८ बस्ने ५५ बर्षीय बिशन सिंह विष्टको वडा नं. ८ कै राताकाठा भन्ने ठाउँमा भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्टले बताए ।



