

काठमाडौ- स्थानीय बजारमा सोमवार सुनको मूल्य प्रतितोला ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रूपैयाँ कायम भएको छ । आइतवार सुनको मूल्य तोलाको ९७ हजार ८०० रूपैयाँ थियो ।



आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १० रूपैयाँले घटेर १ हजार २८५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २९५ रूपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज डलरको मूल्य स्थिर छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ थियो ।





