कञ्चनपुरमा अबैध काठ र बिडी बरामद



कञ्चनपुर, ५ जेठ- कञ्चनपुरमा अबैध काठ र बिडी बरामद गरिएको छ । सशस्त्र प्रहरीबल नेपान नम्बर ३५ गण हेडक्वाटर कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट जिमुवा र गड्डाचौकीबाट खटीएको पैदल सीमा गस्ति टोलिले अबैध काठ र बिडी बरामद गरेको जनाएको छ ।


जिल्लाको सीमा ईलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको १ लाख ७० हजार ५६० बराबरको बिडी र काठसहित बरामद गरी आवश्यक कानुनी कारवाहीको लागि समान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र काठ बन कार्यालय महेन्द्रनगरमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।



