सेती प्रयोगशालामा ५०९ नमूना परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना संक्रमितको मृत्यु

धनगढी, ४ जेठ- पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार ५०९ नमूना परीक्षण गर्दा ३०३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

धनगढीका १०१ जना, धनगढीबाहेक कैलालीका ८१ जना र अन्य जिल्लाका ३७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । हाल अस्पतालमा १२२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये १६ जना आइसियूमा, १०१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ५ जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Navadurga sun

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ६ जना कोरोनामुक्त भएका छन् भने थप ८ जना अस्पतालमा भर्ना भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...